नेपाल र कतार बीच विभिन्न ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतार बीच विभिन्न ८ क्षेत्रमा समझदारी भएको छ । दुई देश बीच सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुईटा समझदारी भएका छन् ।

कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान सम्झाैता भएकाे हाे ।

त्यस्तै, नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी  समझदारी भएको छ ।

यसैगरी युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका छन् ।

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरे ।

आज पनि काठमाडौंको सवारी आवगमन अस्तव्यस्त Read Previous

आज पनि काठमाडौंको सवारी आवगमन अस्तव्यस्त

दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा Read Next

दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा