काठमाडौं । आज पनि काठमाडौं उपत्यकाको सवारी आवगमन अस्तव्यस्त भएको छ । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सवारीले गर्दा काठमाडौं उपत्यकाको यातायात सेवा प्रभावित बनेको हो ।
हिजो राष्ट्रपति रामचन्द्र पौडलसँग भेटवार्ता गरेका राजाले आज सोल्टी होटलमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।
कतारी राजाको कारगेड हिंड्ने रुटमा अन्य सवारी साधनलाई प्रवेश दिइएको छैन । जसकारण सवारी साधनहरू विभिन्न ठाउँबाट डाइभर्ट गरिएको छ भने भित्री सडकहरूमा जाम बढेको छ ।
प्रधानमन्त्रीसँगकाे भेटवार्ता तथा द्धिपक्षीय समझदारीमा हस्ताक्षरपछि दिउँसाे हाेटल द्धारीमा दिवाभाेज आयोजना गरिएकाे छ । साेक्रममा, साेल्टीमाेडदेखि गाैशलासम्मकाे सवारी प्रभािवत हुनेछ ।
कतारी राजा आज अपराह्न स्वदेश फर्किने कार्यक्रम छ । सो क्रममा पनि विमानस्थलसम्मको रुटको सवारी आवगमन प्रभावित हुनेछ ।