सेयर बजारमा हरियाली कायमै, आधा अर्बको कारोबार

काठमाडौं । गत सातादेखि उकालो यात्रा सुरु गरेको सेयर बजारले आफ्नो यात्रा कायमै राखेको छ । गत मंगलबारदेखि हरियाली छाएको बजारमा आज छैठौं दिनपनि लगातार बढेको छ ।

 

६ दिनमा बजार सूचक करिब ४० अंकले पढेको छ भने कारोबार रकममा पनि दिनदिनै बढोत्तरी आएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से आज पनि २.४८ विन्दुले बढेर ११५१.३६ विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३३ विन्दुले बढेर २५३.५० मा पुगेको छ ।

 

नेप्सेमा सुधार देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता शेयर ५० करोड तीन लाख २८ हजार ९१५ रुपैयाँमा खरीद बिक्री भए ।

 

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज चार उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ । जलविद्युत् ४.५२, निर्जीवन बीमा २.९५, उत्पादन ८.५७ र अन्य ११.२३ विन्दुले घटेका छन् ।

 

यस्तै बैंकिङ ७.०९, व्यापार २३.७६, होटल २८.१८, विकास बैंक १.९२, वित्त ०.४७, लघुवित्त १.८८, जीवन बीमा ९.१४ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ ।

 

कारोबारका आधारमा आज माछापुच्छ्रे« बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ७ करोड ५३ लाख २७ हजार ९२० रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नयाँ नेपाल लघुवित्त विकास बैंकको मूल्य ९.९१, र सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.७६ प्रतिशतले बढेको छ । आज अरुण काबेली पावरको सेयर मूल्य सबैभन्दा धेरै ४.०९ प्रतिशतले घटेको छ ।

अधिकांश सूचीकृत कम्पनी खराब समूहमा, कुन कम्पनी कुन समूहमा (सूचीसहित) Read Previous

अधिकांश सूचीकृत कम्पनी खराब समूहमा, कुन कम्पनी कुन समूहमा (सूचीसहित)

चार नयाँ परियोजनालाई एडीबीद्वारा साढे ४० अर्ब ऋण Read Next

चार नयाँ परियोजनालाई एडीबीद्वारा साढे ४० अर्ब ऋण