काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से)ले धितोपत्र कारोबारको लागि सूचीकृत कम्पनीहरुको नयाँ वर्गिकरण सार्वजनिक गरेको छ ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ को उपनियम ८ बमोजिम सूचीकृत कम्पनीहरुको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वर्गिकरण सार्वजनिक गरेको छ ।
नेपाल धितोपत्र बोर्डले लागू गरेको नयाँ नियमावलीमा अनुसार कम्पनीहरुलाई ए, बी, जी र जेड गरी चार वर्गमा वर्गिकरण गरेको हो ।
नेप्सेले कम्पनीको चुक्ता पूँजी, धितोपत्र सूचीकरणको अवधि, लाभांश वितरण, क्रेडिट रेटिङ्ग, नियम परिपालना, लगायतको आधारमा कम्पनीहरुको वर्गिकरण सार्वजनिक गरेको हो ।
अधिकांश कम्पनी खराब कम्पनीको सूचीमा
सार्वजनिक वर्गिकरण अनुसार अधिकांश कम्पनी खराब कम्पनीको समूहमा परेका छन् । सबैभन्दा काम नलाग्ने कम्पनीको समूह मानिएको ‘जेड’ समूहमा १ सय ६५ कम्पनी परेका छन् ।
पहिलो त्रैमासिक वर्गीकरण सूची अनुसार कूल २ सय १२ कम्पनीमध्ये १ सय ६५ कम्पनी खराब कम्पनीको सूचीमा परेका छन् ।
कम्पनीको रेटिङको वैधानिकता सकिएको र कतिपय कम्पनीले समयमै साधारणसभा नगरेकाले खराब समूहको सूचीमा परेका हुन् । बजारमा राम्रा कम्पनी मानिएका र उच्च सेयर मूल्य भएका कम्पनीहरू समेत खराब कम्पनीको सूचीमा परेका छन् ।
केही सामान्य प्रावधानहरू पूरा नगर्दा अधिकांश कम्पनीहरु ‘जेड’ समूहमा परेको नेप्सेले जनाएको छ । अधिकांश कम्पनीको रेटिङको वैधानिकता सकिएको र कतिपय कम्पनीले समयमै साधारणसभा नगरेकाले खराब समूहको सूचीमा परेको हुन् ।
बजारमा राम्रा कम्पनी मानिएका र उच्च सेयर मूल्य भएका कम्पनीहरू समेत खराब कम्पनीको सूचीमा परेका छन् ।
‘ए’ समूहमा १० वटा मात्र कम्पनी
नेप्सेले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वर्गिकरण अनुसार ‘ए’ समूहको कम्पनीको सूचीमा १० वटा कम्पनी परेका छन् । । नेप्सेको वर्गिकरण अनुसार ९ वटा वाणिज्य र एउटा विकास बैंक मात्र ‘ए’ समूहमा परेका छन् ।
नेप्सेको अनुसार वाणिज्य बैंकहरुमध्ये वर्गको सिटिजन्स् इन्टरनेशनल, ग्लोबल आइएमई, माछापुच्छे, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, नेपाल एसबीआइ, एनआसी एशिया, स्ट्यान्डर्ड चार्टर्ड, सनराइज र मुक्तिनाथ विकास बैंक राम्रो कम्पनीको सूचीमा परेका हुन् ।
‘बी’ समूहमा पनि एउटा मात्रै कम्पनी सूचीकृत भएको छ । ‘बी’ समूहमा ङादी हाइड्रोपावर मात्र परेको छ । यस्तै ३६ कम्पनीहरू समूह ‘जी’ मा परेका छन् ।
कस्ता कम्पनी कुन वर्गमा पर्छन्
धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार चुक्ता पूँजी १ अर्ब रुपैयाँ भएका, सूचीकरण भएको तीन वर्ष पुगेमा, तीन वर्षदेखि लगातार नाफामा रहेको र लाभांश बाँडेको भएमा समूह ‘ए’ मा पर्न सक्छन् ।
त्यस्तै, क्रेडिट रेटिङ कम्पनीबाट आधारभूत पक्ष औसतभन्दा माथिको रेटिङ पाएका, समयमै साधारणसभा गरेका र तोकेको ढाँचामा वित्तीय विवरण प्रकाशित गरेमा पनि समूह ‘ए’ मा पर्न सक्छन् ।
यस्तै, चुक्ता पूँजी ५० करोड, सूचीकरण भएको ३ वर्ष पुगेमा, लगातार दुई वर्ष नाफामा भए, आधारभूत पक्ष औसतभन्दा एक स्तरसम्म तल भएका, समयमै साधारणसभा गरेका र सञ्चित नोक्सानी नभएका कम्पनीहरू पनि समूह ‘बी’ मा पर्छन् ।
सूचीकरण भएको दुई वर्ष नपुगेका कम्पनीहरू ‘जी’ समूहमा पर्छन् भने ए, बी र जी समूहमा नपर्ने कम्पनी स्वतः जेड समूहमा पर्छन् ।
कुन कम्पनी कुन समूहमा :