डेभलपमेन्ट बैंकर्स एशोसिएसनको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा मन्जिला डंगोललाई नियुक्त भएकी छिन् ।

डेभलपमेन्ट बैंकर्स एशोसिएसनले डंगोललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

व्यवस्थापनमा स्नातकोत्तर गरेकी डंगोलसँग तत्कालीन सनराइज बैंक, तत्कालीन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष कार्य गरेको अनुभव छ ।

अनुसन्धान तथा विकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौंला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा विशेष दख्खल राख्ने डंगोलले आफ्ना उद्देश्य हासिल गर्नका लागि प्रमुख भूमिका खेल्ने विश्वास एशोसिएसनले लिएको छ ।

आफ्नो सचिवालयलाई थप स्रोतमूलक बनाउनेक्रममा प्रमुख कार्यकारी अधिकृत पदको दरबन्दी सिर्जना गरेको एशोसिएसनले अन्य आवश्यक कर्मचारी पनि भर्ना गर्दै जाने लक्ष्य लिएको छ ।

पप्पु कन्स्ट्रक्सनसहित एकैपटक ३४ कम्पनी कालोसूचीमा Read Previous

पप्पु कन्स्ट्रक्सनसहित एकैपटक ३४ कम्पनी कालोसूचीमा

केमिकल बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा गुड्दागुड्दै आगलागी Read Next

केमिकल बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा गुड्दागुड्दै आगलागी