केमिकल बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा गुड्दागुड्दै आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो । केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए ।

गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ ।

धुनिवेँसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त Read Previous

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

पोखरामा विद्युतीय तार भूमिगतको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक Read Next

पोखरामा विद्युतीय तार भूमिगतको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक