भ्रष्टाचार मुद्दामा सफाइ पाएको ३ दिनमै मधु मरासिनी बने अर्थ सचिव

काठमाडौं । भ्रष्टाचार मुद्दामा सफाइ पाएको ३ दिनमै मधुकुमार मरासिनीलाई सरकारले अर्थ मनत्रालयको सचिवको जिम्मेवारी दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा मरासिनीलाई सरुवा गरेको हो । मरासिनीले वैशाख ७ गते मात्रै विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका थिए ।

उद्योग मन्त्रालयको सचिव रहेकै बेला उनीमाथि भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित भएका थिए । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज १५ गते उनीविरुद्ध मुद्दा हालेको थियो । तर, झन्डै ७ महिनापछि अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

उनी माथि अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुँदा नीति तथा कार्यक्रममा समावेश नै नभएको र बजेट माग नै नगरेको प्रणाली खरिदका लागि २५ करोड रुपैयाँ बजेट इन्फरमेसन सिस्टममा प्रविष्ट गरी भ्रष्टाचार गरेको अभियोग लागेको थियो ।

सरकारले हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

भोलि कतारका राजा आउने भएपछि सरकारले दियो सार्वजनिक बिदा Read Previous

भोलि कतारका राजा आउने भएपछि सरकारले दियो सार्वजनिक बिदा

लगानीकर्ता आकर्षित गर्न अध्यादेशबाट ९ वटा कानुन संशोधन गर्ने सरकारको निर्णय Read Next

लगानीकर्ता आकर्षित गर्न अध्यादेशबाट ९ वटा कानुन संशोधन गर्ने सरकारको निर्णय