भोलि कतारका राजा आउने भएपछि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने भ्रमणमा आउने भएकाले सरकारले भोलि सार्वजनिक बिदा दिर्ने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

माथिल्लो अरुण र दूधकोशी जलविद्युत्को सुरुङ टीबीएमले खन्ने तयारी Read Previous

माथिल्लो अरुण र दूधकोशी जलविद्युत्को सुरुङ टीबीएमले खन्ने तयारी

भ्रष्टाचार मुद्दामा सफाइ पाएको ३ दिनमै मधु मरासिनी बने अर्थ सचिव Read Next

भ्रष्टाचार मुद्दामा सफाइ पाएको ३ दिनमै मधु मरासिनी बने अर्थ सचिव