प्रभु बैंकका तीन जना संचालक बाहिरिए, दुई जना नयाँ नियुक्त

काठमाडौँ । प्रभु बैंक सञ्चालक समितिबाट तीन जना सदस्य बाहिरिएका छन् । संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक रहेका रमेशसिंह खड्का, शंकरप्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा.डा. गीता प्रधानले पदबाट राजीनामा दिएका हुन् ।

बैंक सञ्चालक समितिको वैशाख ७ गते बसेको बैठकले तीनै जना सञ्चालकको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले  रिक्त सञ्चालक पदमा संस्थापक सेयरधनी समूहकै तर्फबाट अंगिरमान सिंह र तारा मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

उक्त जानकारी बैंकले नेपाल धितोपत्र बोर्ड, सीडीएस एण्ड क्लियरिङ र प्रभु क्यापिटललाई बोधार्थ गराएको छ ।

साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार, क-कसले किन्न पाउँछन् ? Read Previous

साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार, क-कसले किन्न पाउँछन् ?

माथिल्लो अरुण र दूधकोशी जलविद्युत्को सुरुङ टीबीएमले खन्ने तयारी Read Next

माथिल्लो अरुण र दूधकोशी जलविद्युत्को सुरुङ टीबीएमले खन्ने तयारी