साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार, क-कसले किन्न पाउँछन् ?

काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन करिब साढे ३० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो । जसमध्ये २० अर्ब ४९ करोडको पुरानो ट्रेजरी बिल नवीकरण र १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो ।

वैशाख ११ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार वैशाख १० गते दिउँसो ३ बजेसम्म बोलकबोल पेश गर्नुपर्नेछ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २८ दिन अवधिको १० अर्बको ट्रेजरी जारी गरिनेछ । जसमा ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी जेठ ८ गते परिपक्व हुनेछ ।

त्यस्तै, ९१ दिनको लागि ५ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी साउन ८ गते परिपक्व हुनेछ ।

त्यसैगरी, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी कात्तिक ६ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ वैशाख ९ गते परिपक्व हुनेछ ।

उक्त ट्रेजरी बिलमा बैंक तथा वित्तीय संस्थाहरू, संगठित संस्था र सर्वसाधारण नागरिक समेत आवेदन दिन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी ट्रेजरी बिलको बाँडफाँट हुनेछ ।

सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ Read Previous

सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

प्रभु बैंकका तीन जना संचालक बाहिरिए, दुई जना नयाँ नियुक्त Read Next

प्रभु बैंकका तीन जना संचालक बाहिरिए, दुई जना नयाँ नियुक्त