नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । । गत साता लगातार ६५ अंकले घटेको नेप्से यससाता पहिलो दिन १२ अंकले बढेको हो । नयाँ वर्ष २०८१ लागेदेखि नेप्से आज पहिलोपटक बढेको हो ।

आइतबार नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ बिन्दुमा पुगेको छ । यसदिन ३१० कम्पनीको २ अर्ब २५ करोड रुपैयाँ बढीको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये बैंकिङ र म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक १.९० प्रतिशतले बढेको छ ।

आज गोर्खा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड २१ लाख रुपैयाँ बराबरको १ लाख २९ हजार ३३६ कित्ता सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज दोल्ती पावरको सेयर मूल्य सर्वाधिक ९.८८ प्रतिशतले बढेको छ । त्यस्तै, एनआइसी एशिया लघुवित्त, ८.४७ प्रतिशत, रुरु जलविद्युत् ८.१८ प्रतिशत, अपर हेवाखोला जलविद्युत्को सेयर मूल्य ७.२५ प्रतिशतले बढेको छ ।

भने पिपुल्स पावरका सेयरधनीले ७.४६ प्रतिशत गुमाएका छन् ।

विकल पौडेलविरूद्ध अख्तियारले फेरि हाल्यो अर्को भ्रष्टाचारको मुद्दा Read Previous

विकल पौडेलविरूद्ध अख्तियारले फेरि हाल्यो अर्को भ्रष्टाचारको मुद्दा

मुग्लिन-पोखरा सडक : म्याद सकियो, काम सकिएन, ६ महिना थप्न प्रस्ताव Read Next

मुग्लिन-पोखरा सडक : म्याद सकियो, काम सकिएन, ६ महिना थप्न प्रस्ताव