काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचारको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध फेरि अर्को भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पौडेल विरुद्ध अमेरिकाको स्थायी बसोबास (पीआर) लिएको आरोपमा मुद्दा दायर गरेको हो।
पौडेल विदेशी मुलुकको पीआर प्राप्त व्यक्ति भएर पनि नेपालको सरकारी ओहदा लिइ लाभ र सुविधा प्राप्त गरेको अभियोगमा अख्तियारले मुद्दा दर्ता गरेको हो ।
अख्यिारले यो मुद्दामा पौडेललाई ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि २० हजार रूपैयाँसम्म जरिवाना माग गरेको छ ।
अख्तियारले यसअघि पौडेलविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा अनियमितता गरेको भन्दै २ अर्ब ६९ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा हालेको थियो ।