११ महिना तातोपानी भन्सारमा थन्किएको रासायनिक मल काठमाडौं ल्याइँदै

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ ।

करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौँतर्फ ढुवानी भएको हो ।

कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौँ पठाइएको भन्सार कार्यालयले जनाएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार ३ हजार ५०० टन मलमध्ये हालसम्म १ हजार २०० टनभन्दा बढी मल जाँच पास भएर काठमाडौँ पुगेको छ । बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौँ पुग्नेछ ।

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै उत्कृष्ट, यी हुन् शीर्ष २० विमानस्थल Read Previous

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै उत्कृष्ट, यी हुन् शीर्ष २० विमानस्थल

निजी विद्यालयले वर्षैपिच्छे भर्ना शुल्क लिन नपाउने Read Next

निजी विद्यालयले वर्षैपिच्छे भर्ना शुल्क लिन नपाउने