कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै उत्कृष्ट, यी हुन् शीर्ष २० विमानस्थल

दोहा । कतारको दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्ट विश्वकै सबैभन्दा उत्कृष्ट एयरपोर्ट बनेको छ ।

बेलायतको एयरलाइन्स र एयरपोर्टको रिभ्यु गर्ने स्काइट्रयाक्सले सार्वजनिक गरेको सन् २०२४ को विश्वका उत्कृष्ट विमानस्थलहरुमा हमाद पहिलो स्थानमा परेको हो ।

स्काइट्रयाक्सले हरेक वर्ष विश्वभरिका यात्रुसँगको सर्वेक्षणका आधारमा उत्कृष्ट विमानस्थलहरु सूची सार्वजनिक गर्दछ ।

यस्तै, सिंगापुर चांगी एयरपोर्ट विश्वकै दोस्रो उत्कृष्ट एयरपोर्ट बनेको छ । यसैगरी, दक्षिण कोरियाको सिउल इन्चेन एयरपोर्ट, जापानको टोक्योे हानेदा एयरपोर्ट, जापानकै टोक्यो नारिता एयरपोर्ट, फ्रान्सको पेरिस चाल्र्स डी गाउल्ले एयरपोर्ट, यूएईको दुबई एयरपोर्ट क्रमशः विश्वका उत्कृष्ट ७ विमानस्थलभित्र परेका छन् ।

त्यसैगरी, जर्मनीको म्युनिख एयरपोर्ट, स्वीट्जरल्याण्डको जुरिच एयरपोर्ट, टर्कीको इस्तानबुल एयरपोर्ट, हङकङ एयरपोर्ट, रोम फ्युमिसिनो एयरपोर्ट, भियना एयरपोर्ट, हेल्सिन्कि भन्ता, मेिड्रड बराजास, सेन्ट्रायर नागोया एयरपोर्ट, भ्यान्कुभर एयरपोर्ट, कन्साई एयरपोर्ट, मेलबर्न एयरपोर्ट र कोपनहेगन एयरपोर्ट क्रमशः विश्वका उत्कृष्ट २० विमानस्थल भित्र परेका छन् ।

इजरायलद्धारा इरान माथि आक्रमण, सुन र तेलको भाउ बढ्यो Read Previous

इजरायलद्धारा इरान माथि आक्रमण, सुन र तेलको भाउ बढ्यो

११ महिना तातोपानी भन्सारमा थन्किएको रासायनिक मल काठमाडौं ल्याइँदै Read Next

११ महिना तातोपानी भन्सारमा थन्किएको रासायनिक मल काठमाडौं ल्याइँदै