मुलुकको अर्थतन्त्र सुधार हुँदै जाने देखिएको छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै जाने देखिएको बताएका छन् ।

चार्टर्ड एकाउन्टेन्ट्सहरूको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)को आयोजनामा बिहीबारदेखि काठमाडौंमा  सुरू भएको लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलन उनले यस्तो बताएका हुन् ।

‘आइएमएफले यस वर्ष नेपालले ३.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रतिवेदन सार्वजनिक गरेको छ । मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै जाने देखिएको छ,’ उनले भने ।

गभर्नर अधिकारीले सीएले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भमिका खेल्दै आएको बताए । मुलुकको दिगो विकासका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने भएकोले सम्मेलनले यसलाई थप उजागर गर्ने उनले बताए ।

सो अवसरमा उनले आइक्यानसँगको सहकार्यमार्फत नेपाल राष्ट्र बैंकले राम्रो लाभ लिइरहेको पनि बताए । हालै प्रचलनमा आएको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको पनि उनले जानकारी दिए ।

लगानी कोषले सिउरी न्यादी पावरको आइपीओ प्रत्याभूति गर्ने Read Previous

लगानी कोषले सिउरी न्यादी पावरको आइपीओ प्रत्याभूति गर्ने

एनआइसी एशिया बैंकको नाफामा उच्च गिरावट, वितरणयोग्य नाफा ऋणात्मक Read Next

एनआइसी एशिया बैंकको नाफामा उच्च गिरावट, वितरणयोग्य नाफा ऋणात्मक