लगानी कोषले सिउरी न्यादी पावरको आइपीओ प्रत्याभूति गर्ने

काठमाडौं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेड बीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण सेयर (आइपीओ)को कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज हस्ताक्षर भएको हो ।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरे । न्यादीले प्रतिकित्ता रु १०० दरले ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता आइपीओ निष्कासन गर्दैछ ।

उक्त सेयरको रु ३ अर्ब ३ करोड ६० लाख ७८ हजार ४०० बराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो । यसभन्दा अघि पनि कोषले धेरै कम्पनीसँग सेयर प्रत्याभूतिको कार्य गरिसकेको छ ।

नागढुंगा-नौबिसे सुरुङमार्गको अझै २७% काम बाँकी, कहिलेदेखि गुड्छन् गाडी ? Read Previous

नागढुंगा-नौबिसे सुरुङमार्गको अझै २७% काम बाँकी, कहिलेदेखि गुड्छन् गाडी ?

मुलुकको अर्थतन्त्र सुधार हुँदै जाने देखिएको छ : गभर्नर अधिकारी Read Next

मुलुकको अर्थतन्त्र सुधार हुँदै जाने देखिएको छ : गभर्नर अधिकारी