काठमाडौं । मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । आकष्मिक मर्मतसम्भार गर्नुपर्ने भएकाले यही वैशाख ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
शनिबारदेखि भने केबलकार नियमित संचालनमा आउने कम्पनीले जनाएको छ । शनिबार बिहान साढे ६ बजेदेखि र अरु दिन बिहान साढे ७ बजेदेखि साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुने गरेको छ ।
गोरखाको सहिद लखन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी विसं २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो ।
मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।