इन्भेष्टमेन्ट मेगा बैंकका १३ जना सेयरधनीले एकैपटक आफ्नो नामको सेयर बेच्दै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख बढी कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामीमा आएको छ ।

बैंकले विद्यमान १३ जना सेयरधनीको नाममा रहको कुल २ लाख ५५ हजार ७४१ कित्ता सेयर आजदेखि लिलामीमा ल्याएको हो ।

यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर सेयर खरिद नगरेपछि अहिले सर्वसाधारणका लागि लिलामी खुला गरिएकाे हो ।

उक्त सेयरमा इच्छुक संस्था वा व्यक्ति जो कोहीले ७ दिनभित्र आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ । सेयर भाउ भने क्रेता आफैंले तोकेर निवेदन पेश गर्नुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बिहीबार आजबाट ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

विद्युत् उत्पादनको हब बन्दै ताप्लेजुङ, एउटै नदीमा १६ वटा आयोजना Read Previous

विद्युत् उत्पादनको हब बन्दै ताप्लेजुङ, एउटै नदीमा १६ वटा आयोजना

मनकामना केबलकार शुक्रबार बन्द हुने Read Next

मनकामना केबलकार शुक्रबार बन्द हुने