विद्युत् उत्पादनको हब बन्दै ताप्लेजुङ, एउटै नदीमा १६ वटा आयोजना

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् ।

विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट १ हजार ६५४.५१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट १७८.४२ मेगावाट विद्युत् उत्पादन हुने छ । काबेली खोलामा चारवटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५.४३ मेगावाट बिजुली उत्पादन हुनेछ ।

यसैगरी,पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुने छ । सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ ।

सिदिङवा गाउँपालिका-१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले ४.६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ ।रासस

उच्च शिक्षाका लागि भारत जानेलाई ग्लोबल आइएमई बैंकले ऋण दिने Read Previous

उच्च शिक्षाका लागि भारत जानेलाई ग्लोबल आइएमई बैंकले ऋण दिने

इन्भेष्टमेन्ट मेगा बैंकका १३ जना सेयरधनीले एकैपटक आफ्नो नामको सेयर बेच्दै Read Next

इन्भेष्टमेन्ट मेगा बैंकका १३ जना सेयरधनीले एकैपटक आफ्नो नामको सेयर बेच्दै