नेपाल फाइनान्सको नाफामा उच्च गिरावट, खराब कर्जा ९ प्रतिशत

काठमाडौं । नेपाल फाइनान्सको खुद नाफामा उच्च गिरावट आएको छ । फाइनान्सले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८७.२५ प्रतिशतले घटेको हो ।

चालु आवको चैत मसान्तसम्म फाइनान्सले १३ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ९० लाख रुपैयाँ कम हो । गत वर्ष चैतसम्म फाइनान्सले १ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा फाइनान्सकोे ब्याज आम्दानीमा सुधार आए पनि संचालन नाफा घट्दा र इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफामा असर परेको हो ।

समीक्षा अवधिमा फाइनान्सकोे खुद ब्याज आम्दानी १३.२८ प्रतिशतले बढेर ७ करोड ५९ लाख रुपैयाँ पुगेको छ । फाइनान्सकोे संचालन नाफा भने ८२.२३ प्रतिशतले घटेर १८ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ ।

फाइनान्सकोे खराब कर्जा असुली नहुँदा जोखिम व्यवस्थापनका लागि १ करोड ६६ लाख रुपैयाँ प्रोभिजन गरेको छ । चैत मसान्तसम्ममा फाइनान्सले २ अर्ब २४ करोड निक्षेप संकलन गरी १ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

हाल ७२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सकोे सेयर प्रिमियममा ५ करोड १० लाख र जगेडा कोषमा ४२ करोड ३९ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा फाइनान्सकोे वितरण योग्य मुनाफा २१ करोड १० लाख रुपैयाँ ऋणात्मक छ ।

नाफासँगै फाइनान्सकोे प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा फाइनान्सकोे प्रतिसेयर आम्दानी १.८९ रुपैयाँबाट घटेर ०.२४ रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा फाइनान्सको खराब कर्जामा भने सुधार आएके छ । गत वर्ष चैतसम्म १३.६१ प्रतिशत रहेको फाइनान्सको खराब कर्जा चालु आवको सोही अवधिमा घटेर ९.२४ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा फाइनान्सकोे प्रतिसेयर नेटवर्थ १३४.८३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६८२.४५ गुणा, बेसरेट १२.३५ प्रतिशत रहेको छ ।

पुरानै लयमा फर्कँदै तातोपानी नाका, सडक मर्मत नहुँदा सबै चिन्तित  Read Previous

पुरानै लयमा फर्कँदै तातोपानी नाका, सडक मर्मत नहुँदा सबै चिन्तित 

अझै सुध्रेनन् लघुवित्त : एउटै धितोमा एकभन्दा बढीलाई ऋण, भेटिए दर्जन कैफियत Read Next

अझै सुध्रेनन् लघुवित्त : एउटै धितोमा एकभन्दा बढीलाई ऋण, भेटिए दर्जन कैफियत