गड्डाचौकी र ब्रह्मदेव नाका ३ दिन पूर्ण रूपमा बन्द हुने

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ ।

‘उत्तराखण्ड चम्पावत जिल्लासग जोडिए दुई नाका मङ्गलबार साँझ सवा पाँच बजेदेखि बन्द हुने भएको छ,’ कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भने, ‘भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका गरिँदै छ ।’

मङ्गलबार साँझ ५ः१५ बजेदेखि मतदान समाप्ति हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन् । ‘स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रुपमा बन्द रहनेछन्,’ उनले भने, ‘त्यसका लागि भारतको चम्पावतमा रहेको मजिष्ट्रेटले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।’

सुनको मूल्य तोलामा १७०० रुपैयाँ बढ्यो, बन्यो हालसम्मकै महँगो Read Previous

सुनको मूल्य तोलामा १७०० रुपैयाँ बढ्यो, बन्यो हालसम्मकै महँगो

लागत घटाउन टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने Read Next

लागत घटाउन टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने