निगमले बढायो पेट्रोल र डिजेलको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले मङ्गलबार बिहानदेखि लागू हुने गरी  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थकोप्रति लिटर २ रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर ३ रुपैयाँ ४६ पैसा मूल्य बढेको हो ।

नयाँ खुद्रा मूल्य अनुसार पेट्रोलप्रति लिटर रुपैयाँ १७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ १६१ पुगेको छ ।

पहिलो वर्ग अन्तर्गतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १७५ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यस्तै, दोस्रो वर्ग अन्तर्गतको सुर्खेत र दाङ्का लागि एक सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्ग अन्तर्गतको काठमाडौँ, पोखरा र दिपायलका लागि  पेट्रोलको मूल्य १६१ रुपैयाँ कायम गरिएको छ ।

निगमले तिर्‍यो सञ्चय कोष र नागरिक लगानी कोषको ५३ करोड ऋण Read Previous

निगमले तिर्‍यो सञ्चय कोष र नागरिक लगानी कोषको ५३ करोड ऋण

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च Read Next

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च