कागबेनी मन्दिर व्यवस्थापन समितिलाई प्रभु बैंकले दियो क्यूआर स्ट्याण्ड

काठमाडौं । प्रभु बैंकले मुस्ताङको कागबेनीमा मन्दिर श्राद्धस्थल व्यवस्थापन समितिलाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको छ ।

बैंकले प्रसिद्ध धार्मिकस्थल कागबेनीमा आउने भक्तजनहरुको सुविधालाई ध्यानमा राख्दै समितिलाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको हो ।

हिमाल पारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ्ग सेवा उपलब्ध गराइरहेको प्रभु बैंक मुस्ताङ्ग जिल्लाको वित्तीय पहुँचका लागि सारथी बन्ने गरेको स्थानीयहरु बताउँछन् ।

मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि बैँकले वित्तीय सेवा मात्र नभएर वित्तीय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको छ ।

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।

 

अझै सेयर किन्दा पाइन्छ यी ४ कम्पनीको लाभांश, कुनको कति ? Read Previous

अझै सेयर किन्दा पाइन्छ यी ४ कम्पनीको लाभांश, कुनको कति ?

शैक्षिकसत्र सुरू हुन अगावै ७७ जिल्लामै पुग्यो पाठ्यपुस्तक, वैशाख २ देखि भर्ना अभियान Read Next

शैक्षिकसत्र सुरू हुन अगावै ७७ जिल्लामै पुग्यो पाठ्यपुस्तक, वैशाख २ देखि भर्ना अभियान