अझै सेयर किन्दा पाइन्छ यी ४ कम्पनीको लाभांश, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत अधिकांश कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।

लाभांश घोषणा गरेकामध्ये पनि धेरै जसो कम्पनीले साधरणसभा सम्पन्न गरी लाभांश प्रस्ताव पारित गरिसकेका छन् । नयाँ आर्थिक वर्ष लागेको ६ महिना भित्र गत वर्षको वार्षिक साधरण सभा गर्नुपर्ने कानुनी व्यवस्था छ । सो अनुसार सूचीकृत डेढ सय बढी कम्पनीले पुस मसान्त भित्रै सभा सम्पन्न गरेका थिए । बाँकी कम्पनीले पनि अहिले धमाधम साधरण सभा गरिरहेका छन् ।

तर, ४ कम्पनीले भने अझै साधरण सभा तथा लाभांश प्रयोजनका लागि बुकक्लोज गरेका छैनन् । तसर्थ ती कम्पनीको सेयर किन्दा अझै लाभांश पाइन्छ ।

लाभांश घोषणा गरेर पनि हालसम्म प्रभु इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र सूर्यादय वोमी लघुवित्तको बुकक्लोज भएको छैन ।

गत वर्षको नाफाबाट प्रभु इन्स्योरेन्सले ५ प्रतिशत (४.७५) सेयर र ०.२५) नगद), सन नेपालले २५.०५ प्रतिशत (२३.८) सेयर र १.२५) नगद), सूर्योदय वोमी लघुवित्तले १४.०७७ प्रतिशत बोनस सेयर र सूर्यज्योति लाइफले ३५ प्रतिशत (१०.२६ बोनस र २४.७४ नगद) लाभांश प्रस्ताव गरेका छन् ।

चारै कम्पनीले हालसम्म साधरण सभाका प्रयोजनाका लागि बुकक्लोज तोकेको छैनन् । तसर्थ, अझै सेयर किन्दा यी ४ कम्पनीको लाभांश पाइन्छ ।

मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ 'ब्रेक थ्रु' Read Previous

मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ 'ब्रेक थ्रु'

कागबेनी मन्दिर व्यवस्थापन समितिलाई प्रभु बैंकले दियो क्यूआर स्ट्याण्ड Read Next

कागबेनी मन्दिर व्यवस्थापन समितिलाई प्रभु बैंकले दियो क्यूआर स्ट्याण्ड