समस्याग्रस्त नेपाल सेयर मार्केट फाइनान्स संचालन हुँदै, संयोजकमा छानिए रोशनकुमार

काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका रोशनकुमार अधिकारी छनोट भएका छन् ।

नेपाल राष्ट्र बैंकले परीक्षामा प्राप्त नम्बरका आधारमा अधिकारीलाई संयोजकमा छनोट गरेको हो । यस्तै, वैकल्पिक उमेदवारमा प्रकाश घिमिरे र गोविन्द प्रसाद शर्मा छानिएका छन्।

राष्ट्र बैंकले छनोटमा परेका मुख्य उम्मेदवार नियुक्तका लागि वैशाख २ गतेसम्ममा केन्द्रीय बैंकमा सम्पर्क राख्न समेत आग्रह गरेको छ। सो समयमा मुख्य उम्मेदवार सम्पर्क गर्न नआए योग्यताक्रम अनुसार बैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने केन्द्रीय बैंकले जनाएको छ।

संयोजकको न्यूनतम सेवा अवधि १ वर्षको रहने र ६/६ महिनाका लागि दुईपटक सेवा अवधि नवीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । संयोजकको मासिक पारिश्रमिक १ लाख २६ हजार ३०० रुपैयाँ हुनेछ ।

राष्ट्र बैंकले नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सलाई २०६९ पुस २८ गते समस्याग्रस्त घोषणा गरेको थियो ।

विश्व बैंक र एसियाली विकास बैंकसँग पोर्टफोलियो बैठक, आयोजना ढिलाइ बारे समीक्षा Read Previous

विश्व बैंक र एसियाली विकास बैंकसँग पोर्टफोलियो बैठक, आयोजना ढिलाइ बारे समीक्षा

ऋण लिन बैंक धाउन नपर्ने, यी बैंकले दिन्छन् फोनबाटै ऋण Read Next

ऋण लिन बैंक धाउन नपर्ने, यी बैंकले दिन्छन् फोनबाटै ऋण