विश्व बजारमा कच्चा तेलको भाउ अझै बढ्ने, ब्यारेलको १०० डलर पुग्ने !

काठमाडौं । विश्व बजारमा आगामी दिनमा कच्चा तेलको भाउ झनै बढ्ने अनुमान गरिएको छ ।

अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गन एन्ड चेजले आगामी अगष्ट-सेप्टेम्बरसम्म कच्चा तेलको भाउ प्रतिब्यारेल १०० डलरसम्म पुग्न सक्ने प्रक्षेपण गरेको हो ।

इरान र इजरायल बीच युद्धको सम्भावना, मेक्सिकोले तेल निर्यात घटाउँदै लैजानु, तेल उत्पादकदेशहरुले उत्पादनमा कटौती गर्नु लगायत कारणले कच्चा तेलको मूल्य आकाशिने उसको अनुमान छ ।

मागको तुलनामा आपूर्ति कम हुँदा अहिले कच्चा तेलको मूल्य ६ महिना यताकै महँगो भएको छ । गत सेम्टेम्बरमा प्रतिब्यारेल ७० हाराहारी रहेकोमा अहिले बढेर ९० डलर पुगिसकेको छ ।

कच्चा तेलको भाउमा हुने वृद्धिले विश्वभर महँगी बढ्ने चिन्ता पनि बढाएको छ । महँगी बढ्यो भने केन्द्रीय बैंकहरूको ब्याजदर कटौती योजनालाई असर गर्न सक्नेछ । विश्वव्यापी रूपमा कच्चा तेलको माग बढे पनि आपूर्ति कम छ ।

मेक्सिकोबाट तेल निर्यात गत महिना ३५ प्रतिशतले घटेर सन् २०१९ यताकै न्यून स्तरमा झरेको छ । मार्चमा मेक्सिको, अमेरिका, कतार र इराकले आफ्नो संयुक्त तेल उत्पादन प्रति दिन १० लाख ब्यारेलले घटाएका थिए ।

यस्तै, अमेरिकी प्रतिबन्धका कारण रुसी सामान समुद्रमा फसेको छ । अर्को लक्ष्य भेनेजुएलाको आपूर्तिमा अवरोध गर्नु रहेको छ । लाल सागरमा हुथी विद्रोहीहरूले सामान ढुवानी गर्ने ट्याङ्करहरूमाथि आक्रमण गरेपछि कच्चा तेलको निर्यात ढुवानी ढिलाइ भएको छ । यसले पनि भाउ बढाउने जेपी मोर्गनको अनुमान छ ।

नमस्कार इभेन्टले वेलायतमा हुने सांगितिक कार्यक्रमको व्यवस्थापन गर्दै Read Previous

नमस्कार इभेन्टले वेलायतमा हुने सांगितिक कार्यक्रमको व्यवस्थापन गर्दै

नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व, अध्यक्षमा कमलेश Read Next

नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व, अध्यक्षमा कमलेश