काठमाडौं । सुनको मूल्य बढ्ने क्रम अझै रोकिएको छैन । पछिल्लो समय दिनदिन नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ३६ हजार ३०० रुपैयाँ पुगेको छ । नेपाली बजारमा यो अहिलेसम्मकै उच्च हो ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि तोलामा १०० रुपैयाँ बढेर १ लाख ३५ हजार ६५० निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा भने कुने परिवर्तन भएको छैन । महासङ्घले आज चाँदीको मूल्य तोलामा १ हजार ६८५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।