सहकारी ठगीमा संसदीय छानबिन समिति नबनाए संसद चल्न नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारले सहकारी ठगीको छानबिन गर्न संसदीय समिति नबनाए सदन चल्न नदिने निर्णय गरेको हो ।

मंगलबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने निर्णय गरेको हो ।

काँग्रेसले लामो समयदेखि सहकारी ठगीमा मुछिएका लामिछाने माथि छानबिन गर्न समिति बनाउनुपर्ने माग गर्दै आएको छ । यता, सरकार भने काँग्रेसले राजनीतिक पूर्वाग्राह राखेको भन्दै छानबिन समिति गठन गर्ने पक्षमा छैन । जसको कारण सदन नियमित चल्न सकेको छैन ।

यदि आफ्नो माग सम्बोधन नभए संसद अवरोधको जिम्मा सरकारले लिनुपर्ने काँग्रेको भनाइ छ । प्रधानमन्त्री पुष्कमल दाहालले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता नरहेको बताए पनि काँग्रेस विश्वस्त हुन सकेको छैन । लामिछाने स्वम्ले संसदमा जवाफ दिन्छु भन्दा पनि काँग्रेसले बोल्न नदिने पक्षमा छ ।

संसद अवरोध खुलाउने विषयमा अहिले सत्तारुढ दल र काँग्रेसका प्रतिनिधि बीच बालुवाटारमा बैठक भइरहेको छ ।

रोकिएन सुनको मूल्य बढ्ने क्रम, फेरि बनायो नयाँ रेकर्ड Read Previous

रोकिएन सुनको मूल्य बढ्ने क्रम, फेरि बनायो नयाँ रेकर्ड

बोर्ड अध्यक्षका लागि सर्टलिस्टमा परेकालाई कार्ययोजना प्रस्तुत गर्न लगाइँदै Read Next

बोर्ड अध्यक्षका लागि सर्टलिस्टमा परेकालाई कार्ययोजना प्रस्तुत गर्न लगाइँदै