प्रभु बैंकले बोलायो साधारण सभा, यस्ता छन् एजेन्डा

काठमाडौं । प्रभु बैंकले वार्षिक साधारण सभा डाकेको छ । बैंकले आगामी वैशाख २० गते २२ औं साधरण सभा केन्द्रीय कार्यालय बबरमहलमा डाकेको हो ।

बैंकले साधरण सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गर्ने लगायत प्रस्ताव लैजाने भएको छ ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश भने नदिने भएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते बुक क्लोज गर्ने भएको छ । सो अनुसार वैशाख ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

बढ्न थाल्यो अन्तर बैंक ब्याजदर, एक सातामै दोब्बर भयो Read Previous

बढ्न थाल्यो अन्तर बैंक ब्याजदर, एक सातामै दोब्बर भयो

क्यानाडामा नेपालको पर्यटन प्रबद्र्धन गरिँदै Read Next

क्यानाडामा नेपालको पर्यटन प्रबद्र्धन गरिँदै