एआईले विश्वव्यापी साइबर अपराध बढाउने : म्युनिख रेले

विश्वको सबैभन्दा ठूलो पुनर्बीमा जर्मन कम्पनी ‘म्युनिख रेले’ प्रविधिको तीव्र विकास, विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्सका कारण बढ्दो साइबर जोखिमको बारेमा चिन्ता व्यक्त गरेको छ।

बिहीबार प्रकाशित गरेको पुनर्बीमा कम्पनीले आफ्नो प्रतिवेदनमा गत महिनामा “साइबर अपराधमा वृद्धि भएको र यसमा रेन्समवेयर (रेन्समवेयर यस्तो साइबर हमला हो जहाँ भाइरस भएको सपट्वेयर इन्टरनेटको माध्यमबाट पठाइन्छ। ) ले भूमिका खेलेको छ ।

गत वर्ष मात्रै अघिल्लो तीन वर्षको तुलनामा दोब्बर साइबर अपराध आक्रमण भएको थियो। डाटा प्लेटफर्मले स्टाटिस्टा ( यो तथ्याङ्क को एक व्यापक संग्रह संगै एक वैश्विक डाटाको खुफिया प्लेटफर्म हो )ले अनुमान गरेका अनुसार साइबर अपराधको वार्षिक विश्वव्यापी लागत ८.१५ ट्रिलियन अमेरिकी डलरबाट १३.८ ट्रिलियन अमेरिकी डलरमा बढ्न सक्ने भनेको छ ।

साइबर अपराधीले एआईद्वारा संचालित फिसिङ इ–मेलहरू र कलहरू पीडितहरूलाई धोका दिन प्रयोग गर्न सक्ने प्रविधि विशेषज्ञहरूको समूह ‘म्युनिख रे’ ले चेतावनी दिएको छ । एआईद्वारा निर्माण गरेको ‘भ्वाइस इन्जिन’ले रेकर्ड गरेको श्रव्य सामग्रीको मात्र १५ सेकेन्ड प्रयोग गरेर कुनै पनि व्यक्तिको आवाज उत्पन्न गर्न सक्ने र त्यो धेरै जोखिमपूर्ण मानिएको उनीहरूले बताएका छन् ।

विगत एक दशकमा साइबर जोखिम व्यवस्थापनको अत्यावश्यक अङ्गका रूपमा साइबर बीमा रहेको छ । विगत पाँच वर्षमा साइबर बीमा बजारको आकार झण्डै तीन गुणा बढेको र सन् २०२७ सम्ममा दोब्बर हुने (करिब २९ अर्ब अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ । साइबर युद्धबाट हुने क्षति निजी क्षेत्रले वहन गर्न नसक्ने म्युनिख रेका साइबर विशेषज्ञ जुर्गेन रेनहार्टले बताए ।

‘क्वार्ज क्रिष्टल’ले गोरखाको पर्यटन प्रवर्द्धनमा इँट्टा थपेको छ : प्रधानमन्त्री दाहाल Read Previous

‘क्वार्ज क्रिष्टल’ले गोरखाको पर्यटन प्रवर्द्धनमा इँट्टा थपेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अवरोध Read Next

काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अवरोध