दर्जन बीमा कम्पनीको लाभांश घोषणा, यी ८ कम्पनीले नदिने

काठमाडौं । बीमा कम्पनीहरूले धमाधम गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांंश घोषणा गर्न थालेका छन् । हाल संचालनमा रहेका २८ (जीवन र निर्जीवन) बीमा कम्पनीमध्ये हालसम्म १२ वटाले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।

कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिनाभित्र (पुस मसान्त) साधारण सभा गरिसक्नुपर्ने प्रावधान भए पनि एक्च्युरी भ्यालुएटर समयमै गराउन नसक्दा बीमा कम्पनीह?को लाभांश घोषणामा ढिलाइ भएको हो ।

जीवन बीमा कम्पनीतर्फ हालसम्म ५ कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । जसमा सूर्यज्योति लाइफले सर्वाधिक ३५ प्रतितश (१०.२६% बोनस र २४.७४% नगद) लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, सन नेपालल लाइफले २५.५ प्रतिशत (२३.८% बोनस र १.२५% नगद), एशियन लाइफले ८.१५ प्रतितश (७.७५% बोनस र ०.४०% नगद), रिलायबल नेपाल लाइफले १८.८४ प्रतिशत (१६% बोनस र ०.८४% नगद) र सिटिजन लाइफले ५.२६ प्रतिशत (५% बोनस र ०.२६% नगद) लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका ५ जीवन बीमा कम्पनीमध्ये सूर्यज्योति र सन नेपाल बाहेक अरुले साधरण सभाका लागि बुकक्लोज समेत गरिसकेका छन् ।

त्यस्तै, निर्जवन बीमातर्फ हालसम्म ७ कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमा हिमालयन एभरेष्टले सबैभन्दा धेरै १५ प्रतिशत (८.६३% बोनस र ६.३७% नगद) लाभांश दिएको छ ।

त्यसैगरी, सिद्धार्थ प्रिमियरल ११ प्रतिशत नगद, युनाइटेड अजोडले १०.८० प्रतिशत (१०.२६% बोनस र ०.५४% नगद), नेपाल इन्स्योरेन्सले १०.५२ प्रतिशत (१०% बोनस र ०.५२% नगद), एनएलजीले ५.७८ प्रतिशत (५.५% बोनस र ०.२८% नगद), सगरमाथा लुम्बिनीले ५ प्रतिशत नगद र प्रभुले ५ प्रतिशत (४.७५% बोनस र ०.२५% नगद) लाभांश प्रस्ताव गरेको छ । प्रभु बाहेक अरुको बुकक्लोज भइसकेको छ ।

यी ८ कम्पनीले लाभांश नदिने

गत वर्षको नाफाबाट ८ कम्पनीले लाभांश नदिने घोषणा गरेका छन् । जीवन बीमातर्फ नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), हिमालयन लाइफ र सानिमा रिलायन्स लाइफले यस वर्ष लाभांश नदिने घोषणा गरेका हुन् ।

त्यस्तै, निर्जीवन बीमातर्फ पनि ४ कम्पनीले लाभांश नदिने भएक छन् । नेको इन्स्योरेन्स, आइजीआइ प्रुडेन्सियल, सानिमा जीआइसी र शिखर इन्स्योरेन्सले आव २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेका हुन् ।

रिडी पावरको सवा ११ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ? Read Previous

रिडी पावरको सवा ११ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

नारायणगढ-बुटवल सडकको २९ किलोमिटर कालोपत्र गरियाे Read Next

नारायणगढ-बुटवल सडकको २९ किलोमिटर कालोपत्र गरियाे