रिडी पावरको सवा ११ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । रिडी पावर कम्पनीले ११ लाख बढी कित्ता सेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले फागुन १८ गतेदेखि चैत ८ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । सोमध्ये अवितरित ११ लाख ३५ हजार ६५७ कित्ता कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो ।

कम्पनीको लिलामी सेयरमा चैत २९ गतेदेखि वैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त हकप्रदमा इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले लिलामी सेयरको भाउ न्यूनतम १०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले क्यापिटलसँगै मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पनि आवेदन बुझाउन सक्नेछन् ।

अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन Read Previous

अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

दर्जन बीमा कम्पनीको लाभांश घोषणा, यी ८ कम्पनीले नदिने Read Next

दर्जन बीमा कम्पनीको लाभांश घोषणा, यी ८ कम्पनीले नदिने