अब साझाको पेट्रोल पम्प पनि २४सै घण्टा खुल्ने

काठमाडौं । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि २४सै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ ।

एक समारोहका बीच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गरे ।

कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताए । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए ।

उनले निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाह, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधारको खाचो औँल्याए । मन्त्री भण्डारी आयल निगमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

मन्त्री भण्डारीको निर्देशनमा आयल निगमले साझा सहकारीलाई गरेको आग्रह बमोजिम पेट्रोलियम पदार्थ वितरण चौबीसै घण्टा गर्ने शुरुआत गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

उनका अनुसार मन्त्रीको निर्देशन बमोजिम क्रमशः साझा तथा अन्य पेट्रोल पम्पबाट पनि सेवालाई चौबीसै घण्टा गरिने छ ।

हाल नेपाल प्रहरीको नक्साल र सशस्त्र प्रहरीको हलचोक पेट्रोल पम्प २४ सैं घण्टा खुला गरिएको छ ।

विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्दै ग्लोबल आइएमई बैंक, जीआइजेडसगँ सम्झौता Read Previous

विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्दै ग्लोबल आइएमई बैंक, जीआइजेडसगँ सम्झौता

७० अर्बको आइटी उद्योग धरासायी हुने चिन्ता, संसदमा उठ्यो आवाज Read Next

७० अर्बको आइटी उद्योग धरासायी हुने चिन्ता, संसदमा उठ्यो आवाज