१ वर्षमै थपिए १४१ जना डलर अर्बपति, नेपालका चौधरी १७६४ औं स्थानमा

काठमाडौं । पछिल्लो १ वर्षमा विश्वभर १४१ डलर अर्बपति थपिएका छन् । विश्व प्रसिद्ध फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको डलर अर्बपतिहरूको नयाँ सूची अनुसार यस वर्ष १४१ जना अर्बपति थपिएका हुन् ।

गत वर्ष विश्वभर डलर अर्बपतिको संख्या २ हजार ६४० जना रहेकोमा यस वर्ष बढेर २ हजार ७८१ जना पुगेको फोर्ब्सले जनाएको छ ।

फोर्ब्सले यो वर्षको मार्चदेखि स्टक मूल्य र विनिमय दरहरूको आधारमा विश्वका डलर अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको हो।

फोब्र्सको सूची अनुसार लुई भिटनका मालिक बर्नार्ड अर्नाल्ड विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । फ्रेन्च अर्बपति बर्नार्डको २२३ बिलियन डलर रहेकको फोर्ब्सले उल्लेख गरेको छ ।

त्यस्तै, टेस्ला तथा स्पेस एक्सका मालिक एलन मस्क सूचीको दोस्रो नम्बरमा छन्। उनको सम्पत्ती १९५ बिलियन अमेरिकी डलर रहेको छ ।

अमेजनाका मालिक जेफ बेजोस १९४ डलरसहित विश्वका तेस्रो धनी व्यक्ति बनेका छन् । चौथो स्थानमा फेसबुकमा मालिक मार्क जुकरबर्ग छन्। उनको सम्पत्ति १७७ बिलियन डलर रहेको छ ।

यस्तै, भारतका मुकेश अम्बानी नवौं नम्बरमा छन्। उनको सम्पत्ति ११६ बिलियन रहेको फोब्र्सले उल्लेख गरेको छ । भारतकै अर्का धनाढ्य गौतम अडानी ८४ बिलियन डलरसहित १७ औं स्थानमा छन् ।

नेपालको एकमात्रै डलर अर्बपति विनोद चौधरी सूचीको १ हजार ७६४ औं नम्बरमा छन्। उनको सम्पत्ति १.८ बिलियन डलर रहेको उल्लेख छ।

सबैभन्दा धेरै अर्बपति अमेरिकामा

एक वर्षमै अर्बपतिहरुको सम्पत्ति २ ट्रिलियन डलरले बढेको छ । यस वर्ष डलर अर्बपतिहरूको कुल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ। गत वर्ष विश्वका अर्बपतिहरुको कुल सम्पत्ति १२.२ २ ट्रिलियन डलर थियो ।

विश्वमा सबैभन्दा धेरै डलर अर्बपति अमेरिका रहेका छन् । अमेरिकामा मात्रै ८१३ जना डलर अर्बपति छन् । यो विश्वका कुल अर्बपतिहरुको संख्याको २९.२३ प्रतिशत हो ।

त्यसैगरी, चीन विश्वमा दोस्रो धेरै अर्बपति हुने देश बनेको छ चीनका ४७३ व्यक्ति अर्बपति रहेका छन् ।

दक्षिण एसियाली देश भारतका २०० जना अर्बपति रहेका छन् ।

 

 

काठमाडौंका विद्यालयले अब नेपालीपन झल्कने गरी नाम राख्नुपर्ने, अटेर गरे कारबाही गर्ने चेतावनी Read Previous

काठमाडौंका विद्यालयले अब नेपालीपन झल्कने गरी नाम राख्नुपर्ने, अटेर गरे कारबाही गर्ने चेतावनी

हुलाकी राजमार्गको १८१ किलोमिटर सडक कालोपत्र सम्पन्न Read Next

हुलाकी राजमार्गको १८१ किलोमिटर सडक कालोपत्र सम्पन्न