सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ३३ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार बढ्दै आएको सुनको मूल्य आज इतिहासकै महँगाे भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर १ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि चैत १९ गते प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार २५६.१३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीकाे मूल्य पनि प्रतिताेला १६१० रूपैयाँ पुग्दै नयाँ  रेकर्ड बनाएकाे छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको बम्पर लाभांश घोषणा Read Previous

सूर्यज्योति लाइफ इन्स्योरेन्सको बम्पर लाभांश घोषणा

काठमाडौंका विद्यालयले अब नेपालीपन झल्कने गरी नाम राख्नुपर्ने, अटेर गरे कारबाही गर्ने चेतावनी Read Next

काठमाडौंका विद्यालयले अब नेपालीपन झल्कने गरी नाम राख्नुपर्ने, अटेर गरे कारबाही गर्ने चेतावनी