काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । यस साता अघिल्ला दुई दिनमा २३ अंकले घटेको नेप्से आज झन्डै २ अंकले घटेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५८ करोडले घटेर २ अर्ब २९ करोडमा सीमित भएको छ ।
मंगलबार नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ बिन्दुमा आइपुगेको छ । यसदिन ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ को घटेको छ । लघुवित्त समूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशतले बढेको छ भने होटल समूह ०.५७ प्रतिशतले घटेको छ ।
आज गोर्खा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड ९८ लाख रुपैयाँ बराबरको १ लाख ७३ हजार १७९ कित्ता सेयर किनबेच भएको छ ।
घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गुराँस लघुवित्त र गणपति लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।