काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ ।
चैत १८ गते दुई लघु वित्त बीच मर्जर सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो ।
जाल्पा र किसान बीच गत साउन १० गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।
हाल जाल्पा लघुवित्तको चुक्ता पूँजी १८ करोड २८ लाख रुपैयाँ रहेकाे छ भने किसानको चुक्ता पूँजी ५० करोड ६६ लाख रुपैयाँ छ ।