मुग्लिन-पोखरा सडक : दमौली बजारका ७४ घर भत्काइने, अनधिकृत संरचना आफैं हटाउन आग्रह

तनहुँ । व्यास नगरपालिकाले पृथ्वी राजमार्ग अन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ ।

केही घरधनी सम्पर्कमा नआएका, केहीले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गरेकाले चैतभित्रै त्यस्ता संरचना हटाउन नगरपालिकाले आग्रह गरेको हो ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले सोमबार विज्ञप्ति जारी गरी वर्षायाम प्रारम्भ हुन धेरै समय बाँकी नभएकाले सडक निर्माणकार्यलाई तीव्र गतिमा अघि बढाउन यही महिनाभित्र सडक किनारका भौतिक संरचना हटाउन अनुरोध गरेका हुन् । साथै, उनले सडक विस्तार आयोजना कार्यालमा सम्पर्क गरी मुआब्जा रकम लिन आग्रह पनि गरेका छन् ।

‘मुख्य बजार खण्डमा घरटहरा नभत्काउँदा काममा ढिलाइ भइरहेको छ । सडक विस्तार, विद्युत् पोल स्थानान्तरण कार्यमा सहयोग गरिदिनुहुनेछ भन्नेमा नगरपालिका विश्वस्त छ,’ विज्ञप्तिमा भनिएको छ ।

मुग्लिन-पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दमौली बजारका ७४ घर भत्काइनेछ । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको मूलद्वार, दुर्गा मन्दिरलगायत संरचना परेका छन् । पैतालीस जनाले पहिलो किस्ताबापतको मुआब्जा रकम बुझिसकेका उनले बताए ।रासस

ग्लोबल आइएमई बैंक र अलोइ बीच ग्रिन फाइनान्सिङ प्रबद्र्धनका लागि समझदारी Read Previous

ग्लोबल आइएमई बैंक र अलोइ बीच ग्रिन फाइनान्सिङ प्रबद्र्धनका लागि समझदारी

जाल्पा र किसान लघुवित्तले गरे मर्जर सम्बन्धी अन्तिम सम्झौता Read Next

जाल्पा र किसान लघुवित्तले गरे मर्जर सम्बन्धी अन्तिम सम्झौता