सिंगटी हाइड्रोको लिलामी सेयर भर्ने आज अन्तिम दिन, न्यूनतम मूल्य कति ?

काठमाडौं । सिंगटी हाइड्रोपावरको  ४६ लाख बढी कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १२ गतेदेखि बिक्रीमा ल्याएको ४६ लाख ११ हजार ५३१ कित्ता कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । सोमध्ये अवितरित हकप्रद सेयर अहिले लिलामीमा ल्याएको हो ।

कम्पनीको लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् । कम्पनीले लिलामी सेयरको भाउ न्यूनतम १०० रुपैयाँ तोकेको छ ।

लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समितिको निर्वाचन स्थगित Read Previous

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समितिको निर्वाचन स्थगित

हिमाल आरोहणका लागि १४८ आरोहीले लिए अनुमति, साढे १० करोड रोयल्टी संकलन Read Next

हिमाल आरोहणका लागि १४८ आरोहीले लिए अनुमति, साढे १० करोड रोयल्टी संकलन