हिमाल आरोहणका लागि १४८ आरोहीले लिए अनुमति, साढे १० करोड रोयल्टी संकलन

काठमाडौं । वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सोमबारसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन् ।

विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि १७ आरोही समूहका ४२ महिला र १०६ पुरुष गरी कूल १४८ ले आरोहण अनुमति लिएको जानकारी दिए। हिमाल आरोहणको अनुमति बापत् हालसम्म रु १० करोड ५५ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ ।

सगरमाथापछि सबैभन्दा बढी आमादब्लम र अन्नपूर्ण हिमालमा समान तीन आरोही समूहले अनुमति लिएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो याममा सगरमाथासहितका हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । वसन्त ऋतुमा सबैभन्दा बढी आरोही सगरमाथा आरोहणका लागि आउने गर्छन् । विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा ४७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यो वर्ष सोही संख्याको हाराहारीमा आरोही आउने विभागको अनुमान छ ।

सिंगटी हाइड्रोको लिलामी सेयर भर्ने आज अन्तिम दिन, न्यूनतम मूल्य कति ? Read Previous

सिंगटी हाइड्रोको लिलामी सेयर भर्ने आज अन्तिम दिन, न्यूनतम मूल्य कति ?

सवा ५ अर्ब कर छली गर्ने कम्पनीको खारेजी रोक्न निवेदन Read Next

सवा ५ अर्ब कर छली गर्ने कम्पनीको खारेजी रोक्न निवेदन