नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समितिको निर्वाचन स्थगित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सञ्चालक समितिको निर्वाचन स्थगित भएको छ ।

आइतबार सर्वोच्च अदालतले बैंक सञ्चालक समितिको मतदानको कार्य यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै चुनाव स्थगित भएको हो ।

बैंकले चैत २० गते हुने ३७औं वार्षिक साधरण सभामा ६ जना (संस्थापकको तर्फबाट ४ जना र सर्वसाधारणबाट २ जना) सञ्चालक चयन गर्ने कार्यक्रम बनाएको थियो । तर, अदालतको आदेशसँगै निर्वाचन प्रक्रिया रोकिएको हो ।

अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने Read Previous

अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने

सिंगटी हाइड्रोको लिलामी सेयर भर्ने आज अन्तिम दिन, न्यूनतम मूल्य कति ? Read Next

सिंगटी हाइड्रोको लिलामी सेयर भर्ने आज अन्तिम दिन, न्यूनतम मूल्य कति ?