रोजगारी खोज्दै ८ महिनामा विदेशिए पौने ५ लाख

काठमाडौं । रोजगारीको खोजीमा चालु आर्थिक वर्षको ८ महिनामा पौने ५ लाख नेपाली विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको फागुनसम्म कुल ४ लाख ७१ हजार २१० जना वैदेशिक रोजगारीमा गएका हुन् ।

चालु वर्षमा २ लाख ८६ हजार ९३२ जना नयाँ श्रम स्वीकृति लिएर विदेश गएका हुन् । त्यसैगरी, १ लाख ८४ हजार २८८ जना पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोाजगारीमा गएको विभागले जनाएको छ ।

फागुन महिनामा मात्रै ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । फागुन महिनामा यूएईमा १८ हजार ७०७, साउदीमा १३ हजार २६७, कतारमा ११ हजार ३९०, मलेसियामा ८ हजार ७१४, कुवेतमा ३ हजार २०६, रोमानियामा १ हजार ७८४ जना र जापानमा १ हजार ३६० जना रोजगारीका लागि गएका छन् ।

न्यारोबडी जहाज मर्मत सम्बन्धी कागजात पेश गर्न निगमलाई निर्देशन Read Previous

न्यारोबडी जहाज मर्मत सम्बन्धी कागजात पेश गर्न निगमलाई निर्देशन

९ दिनमा कतिले बेचे सर्वोत्तम सिमेन्टको आइपीओ ? Read Next

९ दिनमा कतिले बेचे सर्वोत्तम सिमेन्टको आइपीओ ?