प्रभु बैंकको सहकार्यमा बागलुङमा ‘नगरकी छोरी’ कार्यक्रम सुरू

काठमाडौं । प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाको विशेष योजना अन्तर्गत ‘नगरकी छोरी” कार्यक्रम सुरु गरेको छ ।

छोरीहरूले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मूलन, छोरीहरूलाई शिक्षित र स्वावलम्बन बनाउने प्रमुख लक्ष्यका साथ उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

बागलुङ नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र प्रुभ बैंकका तर्फबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

बागलुङ नगरपालिका वडा नं. २ की अदीती क्षेत्रीको नाममा एक मुद्दती खाता खोली ‘नगरकी छोरी’ कार्यक्रमको शुभारम्भ गरिएको हो ।
यस कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता बमोजिम २०८० असार १ गतेपछि बागलुङ नगरपालिकाको क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिको लागि एक मुद्दती खाता खोलिनेछ ।

नगरपालिकाको सिफारिसका आधारमा प्रभु बैंकको शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा बागलुङ नगरपालिकाको तर्पmबाट एकमुष्ट ५ हजार रुपैयाँ जम्मा गरिनेछ भने प्रभु बैंकले मुद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्नेछ ।

यसरी खाता खोलिएका छोरीको खातामा अभिभावकहरूले इच्छानुसार थप रकम जम्मा गर्न पाउनेछन् । २० वर्षको अवधि समाप्त भएपश्चात् सम्बन्धित व्यक्ति/छोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने कार्यविधि बनाई सञ्चालनमा ल्याइएको हो ।

यस कार्यक्रमबाट बागलुङ नगरपालिका क्षेत्रभित्रका छोरीहरूको समाजिक सम्मान तथा आर्थिक संरक्षण भई छोरीहरूलाई हौसला बढ्ने, विभेद हट्ने एवं बागलुङ नगरपालिकाको लक्ष्य प्राप्ती हुने बैंकले विश्वास लिएको छ ।

थप सहरमा हवाई उडान विस्तार गर्ने नेपाल र चीन बीच सहमति Read Previous

थप सहरमा हवाई उडान विस्तार गर्ने नेपाल र चीन बीच सहमति

आगामी वर्षको बजेट लेखन सुरू, अत्यावश्यक बाहेक भेटघाटमा नआइदिन आग्रह Read Next

आगामी वर्षको बजेट लेखन सुरू, अत्यावश्यक बाहेक भेटघाटमा नआइदिन आग्रह