आगामी वर्ष मुक्तिनाथ विकास बैंकले लाभांश बाँड्न नपाउने

काठमाडौं । आगामी आर्थिक वर्षमा मुक्तिनाथ विकास बैंकले चालु आवको नाफाबाट लाभांश बाँड्न नपाउने भएको छ । मुक्तिनाथले चालु आर्थिक वर्षमा प्राथमिक पूँजीकोष कायम गर्न नसकेपछि लाभांश बाँड्न नपाउने भएको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन ‘क्यापिटल एड्युकेसी फ्रेमवर्क’ २०१५ अनुसार राष्ट्रिय स्तरका विकास बैंकहरूले ८.५ प्रतिशत प्राथमिक र २.५ प्रतिशत पूरक गरी ११ प्रतिशत पूँजी कोष कायम गर्नुपर्दछ ।

तर, मुक्तिनाथको पुस मसान्तसम्म प्राथमिक पूँजीकाेष ८.२६ प्रतिशत मात्रै भएकाले लाभांश बाँड्न नपाउने भएको हो । यद्यपि, यस अवधिमा मुक्तिनाथको कुल पूँजीकोष भने सीमाभन्दा माथि अर्थात् ११.२६ प्रतिशत छ ।

कुनै आर्थिक वर्षको कुनै अवधिमा तोकिएको पूँजीकोष अनुपात कायम गर्न नसके राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँछ ।

महालेखा परीक्षकमा तोयम राया सफारिस Read Previous

महालेखा परीक्षकमा तोयम राया सफारिस

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ 'ब्रेक थ्रु' Read Next

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ 'ब्रेक थ्रु'