सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

काठमाडौं । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ७०७.२८ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको हो ।
साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा  १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम् समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।
बैठकले आव २०८१/८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व सात प्रदेशको लागि रु ७७ अर्ब ५० करोड र स्थानीय तहका लागि रु ७७ अर्ब ५० करोड स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि रु ६० अर्ब र स्थानीय तहको लागि रु ८८ अर्ब स्वीकृत गर्ने निर्णय गरेको छ ।
धनिराम शर्माको संयोजकत्वमा ५ सदस्यीय बजेट लेखन समिति गठन Read Previous

धनिराम शर्माको संयोजकत्वमा ५ सदस्यीय बजेट लेखन समिति गठन

अर्थमन्त्री पुनले भने-'प्रकाशशरण महतले अघि बढाएका राम्रा काम रोक्दिन' Read Next

अर्थमन्त्री पुनले भने-'प्रकाशशरण महतले अघि बढाएका राम्रा काम रोक्दिन'