काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट लेखन समिति बनाएकाे छ ।
अर्थमन्त्री वर्षमान पुनले सहसचिव तथा राजस्व महाशाखा प्रमुख धनिराम शर्माको संयोजकत्व ५ सदस्यीय बजेट लेखन समिति बनाएका हुन् ।
समिति सदस्यहरूमा अर्थनीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य, बजेट महाशाखा प्रमुख रितेश शाक्य, वित्तीय संघीयता समन्वयन महाशाखा प्रमुख ईश्वरी अर्याल, सहसचिव रामप्रसाद आचार्य र आन्तरिक राजस्व विभागकी उपमहानिर्देशक पार्वती शर्मा छन्।
उक्त समितिले राष्ट्रिय योजना आयोगले दिएको १८ खर्ब रुपैयाँको सिलिङ भित्र रहेर आगामी वर्षको बजेट लेख्नेछ । हरेक वर्ष जेठ १५ गते सदनमा आगामी आवको बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।