काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत मंगलबारदेखि लगातार चार दिनमा ४२ अंकले घटेर मंगलबार १० अंकले बढेको नेप्से आज फेरि दोहोरो अंकले नै घटेको छ ।
सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १२ करोडले घटेर २ अर्ब २३ करोडमा सीमित भएको छ ।
बुधबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा आइपुगेको छ । यसदिन ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये उत्पादनमूलक बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक १.७२ प्रतिशतले घटेको छ ।
आज शिवम् सिमेन्ट सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड ७२ लाख रुपैयाँ बराबरको १ लाख ८३ हजार ८१३ कित्ता सेयर किनबेच भएको छ ।
घट्दो बजारमा सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशतकमाएका छन् ।
आज किसान लघुवित्तका सेयरधनीले भने सर्वाधिक ५.३५ प्रतिशत गुमाएका छन् ।