एजेन्सी । अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट एउटा पुल नदीमा खसेको छ । पटापस्को नदीमा रहेको पुललाई कन्टेनर जहाजले ठक्कर दिएपछि पूर्णरुपमा भत्किएर नदीमा खसेको हो ।
साढे दुई किलोमिटर लामो फ्रान्सिस स्कट पुलको नदीमा खसेको हो । घटनास्थलमा रहेका सुरक्षाकर्मीले प्रारम्भिक जानकारी अनुसार २० जना व्यक्ति र धेरै गाडीहरू नदीमा खसेको उल्लेख गरेका छन् । अहिले उद्धारकार्य जारी छ ।
सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोमा एउटा जहाजले ठक्कर दिएपछि पुलको ठूलो भाग एक्कासी नदीमा खसेको देखिन्छ । बाल्टिमोर शहरको अग्नि विभागले यो दुर्घटनालाई ठूलो हताहतको घटनाको रूपमा वर्णन गरेको छ ।
A solid quick breakdown of the apparent multiple power failures on the ‘Dali’ ahead of impact with the Francis Scott Key Bridge in Baltimore, MD. pic.twitter.com/gwUK8dlFwG
— Crazy moment (@yzimng2) March 26, 2024