काठमाडौंः भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी इन्डियन होटल्स कम्पनी लिमिटेड (आइएचसीएल)ले चितवनको भरतपुरमा भिभान्ता चितवन संचालन गर्ने घोषणा गरेको छ । भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमका रूपमा स्थापित हुने आइएचसीएलले जनाएको छ ।
भिभान्ता चितवनमा विस्तार भएको अवसरमा आइएचसीएल, न्यू बिजनेस एण्ड होटल्स ओपनिङ्सका उपाध्यक्ष दीपिका रावले नेपालमा आइएचसीएलको तेस्रो होटेलका रूपमा भिभान्ता चितवन विस्तार हुनु कम्पनीका लागि अर्को एक महत्वपूर्ण उपलब्धी रहेको बताइन् ।
‘देशको प्रमुख शहरी केन्द्रहरू मध्येको एक भरतपुर चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी जस्ता विश्व सम्पदाहरूको प्रवेशद्वार हो । भिभान्ता चितवन आइएचसीएल र चौधरी गु्रपबीचको २५ वर्षदेखिको सुमधुर सम्बन्धको प्रमाण हो । यस अवधीमा आइएचसीएल र सीजीले ५ देशका ११ होटलमा सहकार्य गरिरहेका छन्,’ उनले भने ।
भिभान्ता चितवनले आफ्नो बेग्लै शैली र भावना प्रस्तुत गरेको छ । यस होटलमा अतिथीहरूको सम्मानमा विशेष ध्यानपूर्वक निर्माण गरिएका ४५ रूमहरू छन् । यी प्रत्येक रूमहरू सुन्दर ढंगले सुसज्जित छन् । भिभान्ताका सुइटमार्फत पाहुनाहरूले सुन्दर देवचुली र प्रकृतिकोे लोभलाग्दो दृष्य हेर्न सक्नुहुनेछ । साथै, पाहुनाहरूले होटलको मिन्टमा डिनर सहित विभिन्न खानाको स्वाद लिन सक्नुहुनेछ भने होटलको बार ‘विंक’ मा आरामका साथै भरपुर मनोरञ्जनको स्वाद पाउनुहुनेछ ।
त्यस्तै, वेलनेस र मनोरञ्जनका लागि यस होटलमा अत्याधुनिक फिटनेस सेन्टरका साथै स्विमिङ पुल रहेको छ जहाँबाट मनोरम सिराइचुली माउन्टेनको दृष्य देख्न सकिन्छ । यस होटलमा २४०० वर्ग फुटको सभाहल छ । र, बिजनेस सेन्टर समेत रहेका छन् ।
नारायणी नदीको किनारमा अवस्थित भरतपुर नेपालको एक प्रमुख व्यवसायिक केन्द्रको रूपमा परिचित छ । ऐतिहासिक र पवित्र धार्मिक स्थलहरूदेखि प्राकृतिक परिदृस्यसम्मका विविध अनुभव दिने यस क्षेत्रले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।
सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले सीजीले विकास गरेको होटलमा ताजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ‘भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्ता मार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ,’ चौधरीले भने ।
इन्डियन सव कन्टीनेन्ट र मिडल इस्टमा चौधरी गु्रप र आइएचसीएलबीचको सहकार्यमा माल्दिभ्समा ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा र ताज कोरल रिफ रिसोर्ट एण्ड स्पा, श्रीलंकामा ताज कोलम्बो, दुबईमा ताज जुमेराह लेक टावर्स, भारतमा ताज सफारि र नेपालमा मेघौली सेराई संचालनमा छन् ।
सीजी हस्पिटालिटी ग्लोबलका बारेमा
दुई दशकभन्दा बढी गौरवपूर्ण इतिहास बोकेको सीजी हस्पिटालिटी ग्लोबलले टाटा समूहको आईएचसीएलसँग ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा र माल्दिभ्सको ताज कोरल रिफ र कोलम्बोको ताज समुद्रमा लगानी गरेर आफ्नो आतिथ्य सत्कार व्यवसाय सुरू गरेको थियो । यो साझेदारी आज ५ देशका ११ होटलहरूमा विस्तार भइसकेको छ ।
सीजी हस्पिटालिटीका अन्य साझेदारहरूमा अग्रणी होटल ब्रान्डहरू जस्तै भारतमा फर्न होटल्स, श्रीलंकामा जेटविङ एण्ड सिलोन होटल्स ग्रुप, न्यूयोर्कमा र्याडिसन, केन्यामा फेयरमन्ट होटल रहेका छन् । सीजी हस्पिटालिटीसँग वेलनेस रिट्रीट, द फार्म इन फिलिपिन्स, जिंक, फर्न र बीकन जस्ता आफ्नै होटल ब्रान्डहरू पनि रहेका छन् । आज सीजी हस्पिटालिटीको पोर्टफोलियो १२ देशका ११४ गन्तव्यमा १० हजार भन्दा बढी रुम क्षमताका साथ १७८ भन्दा बढी होटल र रिसोर्टहरू छन् ।