३२ देश जोड्ने एसियाली राजमार्गकाे झापाखण्डमा काम सुरू

सांकेतिक तस्वीर ।

झापा । एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरू भएको छ ।

पहिलो चरणको कार्य अन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रूख कटान सुरू भएको हो । त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौँको जैन सीआर, एफ जी टुडी कम्पनीले पाएको छ ।

एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक चार लेनको काम अघि बढेको जैन सीआर, एफ जी टुडी कम्पनीका प्रतिनिधि हरिप्रसाद पराजुलीले जानकारी दिए ।

पश्चिम खण्डका क्षेत्रमा करिब ६ हजार ७३७ रूख कटान हुने तथा तीन वर्षभित्रमा सडक निर्माण गर्ने गरी सम्झौता भएको कम्पनीका प्रतिनिधि पराजुलीले जानकारी दिए।

एसियाली विकास बैंकको रु २८ अर्ब १७ करोडको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व–पश्चिम राजमार्गको १२० किमी क्षेत्र चार लेनको बन्ने भएको छ । जम्मा ७१ नयाँ पुलसहित राजमार्ग विस्तार हुने कम्पनीका प्रतिनिधि पराजुलीले बताए ।

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, गोर्खा फाइनान्सको सर्वाधिक कारोबार Read Previous

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, गोर्खा फाइनान्सको सर्वाधिक कारोबार

नेपालको लेखा प्रणाली उत्कृष्ट छ : विश्व बैंक उपाध्यक्ष Read Next

नेपालको लेखा प्रणाली उत्कृष्ट छ : विश्व बैंक उपाध्यक्ष